1 Chronicles 2:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर गशूर अराम राज्यहरूले याईर र केनात गाउँहरूसमेत गिलादमा साठी वटा सहर र छेउछाउका सहरहरू पनि आफ्ना अधीनमा लिए। त्यहाँका सबै बासिन्दाहरू गिलादका बुबा माकीरका सन्तान थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(तर गशूर र अरामले तिनीहरूबाट हब्बात-याईर र केनात, त्यसका बस्तीहरूसमेत जम्मा साठी वटा सहर कब्जा गरे।) यिनीहरू सबै गिलादका पिता माकीरका सन्तान थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(तर गेशूर र अरामले हव्वोत-याईर र केनातका, साथै त्यसका चारैतिरका गाउँहरू र साठी वटा नगरहरूसमेत कब्जा गरेका थिए।) यी सबै गिलादका पिता माकीरका सन्तानहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका सा-साना शहरहरू थिए। जम्मा साठीवटा सा-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।