1 Chronicles 2:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका जम्‍मा पाँच जना छोराहरू थिए। कनानी स्‍वास्‍नी शूआबाट तीन छोराहरू एर्‌, ओनान र शेलह भए। जेठो एर्‌ यति दुष्‍ट थियो कि त्‍यसलाई परमप्रभुले मार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका छोराहरू: एर्, ओनान र शेलह। यी तीन जनाकी आमाचाहिँ कनानी स्‍त्री शूआ थिइन्‌। यहूदाका जेठा छोरा एर्‌ले परमप्रभुलाई अप्रसन्‍न गराएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका छोराहरू: एर, ओनान र शेलह। यी तीन जना छोराहरूकी आमाचाहिँ कनानी स्त्री शूआ थिइन्। (यहूदाका जेठा छोरा एर याहवेहको दृष्‍टिमा दुष्‍ट थिए। यसकारण याहवेहले तिनलाई मार्नुभयो।)
Nepali ERV (पवित्र बाइबल)
यहूदाका छोराहरू- एर, ओनान अनि शेला थिए। बतशअ तिनीहरूकी आमा थिइन्। बतशअ कनान देशकी स्त्री थिइन्। परमप्रभुले देख्नु भयो कि यहूदाका जेठा छोरा एर दुष्ट थियो। यसकारण परमप्रभुले एरलाई मारिदिनु भयो।