1 Chronicles 2:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शेशानको छोरो थिएन, छोरीहरू मात्र थिए। उनका यरहा नाम गरेको एउटा मिश्री दास थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शेशानका छोरीहरू मात्र थिए, तर छोराहरू थिएनन्। तिनको यरहा नाउँको एउटा मिश्री दास थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शेशानका छोराहरू थिएनन्, छोरीहरू मात्र थिए। तिनको यर्हा नाम भएको एउटा इजिप्टियन सेवक थियो।
Nepali ERV (पवित्र बाइबल)
शेशानका छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। शेशान कहाँ यर्हा नाउँ गरेका एउटा मिश्री सेवक थिए।