1 Chronicles 21:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देशमा तीन वर्षसम्‍म अनिकाल कि तीन महिनासम्‍म शत्रुहरूदेखि भागिहिँड्‍नु कि तीन दिनसम्‍म परमप्रभुको तरवारद्वारा प्रहार? त्‍यस प्रहारद्वारा महामारी पठाउनुभएर आफ्‍ना स्‍वर्गदूतद्वारा परमप्रभुले सारा इस्राएल देशमा मृत्‍यु ल्‍याउनुहुनेछ? परमप्रभुलाई म के उत्तर लैजाऊँ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘एउटा चुन्‌— तीन वर्षको अनिकाल, तीन महिनासम्‍म तेरा शत्रुहरूद्वारा सताइनु, र उनीहरूका तरवारले तँ खेदिइनु, अथवा सारा देशमा विपत्ति ल्‍याउने परमप्रभुको आफ्‍नो तरवार— परमप्रभुका दूतद्वारा इस्राएलका सबै इलाकाहरू विनाश ल्‍याउने काम’। अब विचार गर्नुहोस्, मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्ने हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीन वर्षको अनिकाल, अथवा तीन महिनासम्म तेरा शत्रुहरूका तरवारद्वारा विनाश भइरहनु, अथवा तीन दिनसम्म देशमा याहवेहको आफ्नो तरवारद्वारा विपत्ति ल्याइनु, अथवा याहवेहको दूतद्वारा इस्राएलका हरेक ठाउँमा विनाश आइलाग्नु।’ अब मैले आफूलाई पठाउनुहुनेकहाँ के जवाफ दिने, त्यो निर्णय दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
प्रशस्त आहर बिना तीन वर्ष, वा तीन महीनासम्म, तेरो शत्रुहरू देखि भागी हिंडनु जब तिनीहरू आफ्ना तरवार लिएर तँलाई खेद्धनेछन् परमप्रभुबाट तीन दिनको दण्ड। भयानक रूडि देश भरि फैलने छ अनि परमप्रभुका स्वर्गदूतले मानिसहरूलाई ध्वंश गर्दै इस्राएलको चारैतिर जानेछन्।’ दाऊद परमेश्वरले मलाई पठाउनु भएको हो। अब तपाईले निर्णय गर्नुहोस् कुन उत्तर मैले उहाँलाई दिनु?”