1 Chronicles 21:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले गादलाई उत्तर दिए, “म सङ्कटमा परें! तर म मानिसहरूबाट दण्‍ड पाउन चाहन्‍नँ। परमप्रभु आफैंले मलाई दण्‍ड देऊन् किनभने उहाँ कृपालु हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊदले गादलाई भने, “म साह्रै सङ्कष्‍टमा परेको छु। मलाई परमप्रभुको हातमा नै पर्न देऊ। किनभने उहाँको करुणा अति महान्‌ छ। तर मलाई मानिसको हातमा पर्नु नपरोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले गादलाई भने, “म ठूलो सङ्कष्‍टमा परेको छु। मलाई याहवेहको हातमा पर्न दिनुहोस्; किनकि उहाँको कृपा महान् छ; तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले गादलाई भने, “म संकष्टमा परेको छु। म कुनै मानिसहले मलाई दण्ड दिएको फैसला चाहँदिन। परमप्रभु दयालू हुनुहुन्छ यसकारण मलाई उहाँको हातमा पर्न दिनोस्।”