1 Chronicles 21:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले स्वर्गदूतलाई हातमा तरवार लिई यरूशलेम नाश गर्न तयार भई बीच आकाशमा उभिरहेका देखे। तब दाऊद र अगुवाहरूले भाङ्ग्रा लाएर भूइँमा घोप्टो परी ढोगे र मुखले भूइँ छोए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मास्तिर हेर्दा दाऊदले परमप्रभुका स्वर्गदूतलाई स्वर्ग र पृथ्वीका बीचमा आफ्नो नाङ्गो तरवार यरूशलेममाथि पसारेर उभिरहेका देखे। तब दाऊद र धर्म-गुरुहरू भाङ्ग्रा लाएर भूइँमा घोप्टो परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले आफ्ना आँखा मास्तिर उठाउँदा याहवेहका ती दूतले हातमा थुतेको नाङ्गो तरवार यरूशलेममाथि पसारेर स्वर्ग र पृथ्वीको बीचमा उभिरहेका देखे। तब दावीद र प्रधानहरू भाङ्ग्रा लगाएर भुइँतिर घोप्टो परे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले माथितिर हेरे अनि परमप्रभुका स्वर्गदूतलाई आकाशमा देखे। स्वर्गदूतले तिनको तरवार यरूशलेम शहर माथि समातिरहेका थिए। तब दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना शिरलाई भूइँछुने गरि झुकाएर प्रणाम गरे। दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति विशेष वस्त्र पहिरेका थिए।