1 Chronicles 21:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“राजा, लिनुहोस्, खला तपाईंकै हो,” अरौनाले भने, “र आफूले इच्‍छा गरेअनुसार गर्नुहोस्। यो वेदीमा होमबलि गर्न यी गोरुहरू छन्, आगो बाल्‍न यी खलाका फल्‍याकहरू छन् र भेटी चढाउन गहुँ छन्। यी सबै म तपाईंलाई टक्र्याउँदछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरौनाले दाऊदलाई जवाफ दिए, “त्‍यो लिनुहोस्, र महाराजालाई जस्‍तो इच्‍छा लाग्‍छ, गर्नुहोस्‌। होमबलिको निम्‍ति यहाँ गोरुहरू छन्, दाइँका काठहरू दाउराको निम्‍ति र गहूँ अन्‍नबलिको निम्‍ति छन्‌। म सबै थोक तपाईंलाई दिँदैछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरौनाले दावीदलाई भने, “हजुरले यो खला लिनुहोस्! अनि मेरा मालिक राजालाई जे असल लाग्छ, त्यही गर्नुहोस्। म होमबलिहरूका निम्ति गोरुहरू, दाउराका निम्ति दाइँ गर्ने काठहरू, र अन्‍नबलिको निम्ति गहुँ दिनेछु; म यी सबै चीजहरू दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
ओर्नानले दाऊदलाई भने, “यो खला लिनुहोस्। तपाई मेरो स्वामी, महाराजा हुनुहुन्छ। तपाईंलाई जे इच्छ लाग्छ त्यही गर्नु होस्। तपाईलाई होम बलिहरूका निम्ति गाई-गोरूहरू पनि दिनेछु। म तपाईलाई खलाको तखताहरू दाउराको रूपमा दिनेछु। म अन्न बलि चढाउनको निम्ति गहुँ र यी सबै सामानहरू तपाईलाई दिनेछु।”