1 Chronicles 21:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दाऊद परमेश्वरलाई पुज्न त्यहाँ जान सकेनन् किनभने उनी परमप्रभुको स्वर्गदूतको तरवारसित डराउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुको अगुवाइ माग्न दाऊद जान सकेका थिएनन्, किनभने ती स्वर्गदूतको तरवारले तिनी साह्रै भयभीत भएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दावीद परमेश्वरसँग सल्लाह लिन त्यसको सामु जान सकेनन्; किनकि तिनी याहवेहका दूतको तरवारदेखि डराएका थिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊद परमेश्वरसित कुरा-कानी गर्न पवित्र पालमा जान सकेनन् किनभने तिनी भयभीत थिए। दाऊद परमप्रभुका स्वर्गदूत अनि तिनको तरवारसित भयभीत थिए।