1 Chronicles 22:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले अरू भने, “मेरो छोरो, अब परमप्रभु तिम्राहरूका परमेश्वर तिमीसित होऊन् र उहाँको निम्ति एउटा मन्दिर बनाउन तिमीलाई सफल तुल्याउने उहाँको प्रतिज्ञा पूरा गरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब हे मेरो छोरो सोलोमन, परमप्रभु तँसँग रहून्। तैंले नै बनाउनुपर्छ भनी उहाँले भन्नुभएअनुसार तेरो उन्नति होस्, र तैंले परमप्रभु तेरा परमेश्वरको घर बना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब हे मेरो छोरा, याहवेह तँसँग रहून्, र तँलाई सफलता मिलोस्; अनि उहाँले भन्नुभएजस्तै तैँले याहवेह तेरा परमेश्वरको भवन बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले यो पनि भने अब छोरा, “परमप्रभु तेरो साथ रहून्! तँ सफल बन् अनि तैंले मन्दिर बनाउने छस् भनी परमप्रभुले भन्नु भए जस्तै परमप्रभु तेरो परमेश्वरको निम्ति मन्दिर निर्माण गर।