1 Chronicles 22:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित रहनुभएको छ र सबैतिर तिमीहरूलाई शान्ति दिनुभएको छ। यस देशमा बास गर्ने सबै मानिसहरूमाथि उहाँले मलाई विजय दिनुभयो र अब तिनीहरू तिमीहरू र परमप्रभुको अधीनमा भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुन्न? के उहाँले तिमीहरूलाई चारैतिर शान्ति दिनुभएको छैन? किनकि उहाँले यस देशका बासिन्दाहरूलाई मेरो अधीनमा राख्नुभएको छ। उनीहरू परमप्रभु र उहाँका प्रजाको अधीनमा छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले तिनीहरूलाई भने, “के याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुन्न र? अनि के उहाँले तिमीहरूलाई चारैतिरबाट विश्राम दिनुभएको छैन र? किनकि उहाँले यस देशका बासिन्दाहरूलाई मकहाँ सुम्पनुभएको छ; अनि यो देश, याहवेह र उहाँका प्रजाहरूका अधीनमा रहेको छ।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले ती अगुवाहरूलाई भने, “साच्चै नै परमप्रभु तिमीहरूका साथ हुनुहुन्छ। अनि उहाँले तिमीहरूलाई राजनीतिक शान्ति दिनुभएको छ। किनभने उहाँले यस भूमि निवासीहरूलाई परास्ता गर्न मलाई सहायता गर्नु भएकोछ अब परमप्रभु र उहाँका मानिसहरूले यस भूमिमाथि अधिकार गर्नेछन्।