1 Chronicles 22:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाले इस्राएल देशमा रहेका सबै विदेशीहरूलाई एकसाथ भेला हुने आज्ञा गरे र तिनीहरूलाई काम गर्न लाए। तिनीहरूमध्‍ये कतिले मन्‍दिर बनाउन ढुङ्गाका टुक्राहरू तयार पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊदले इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला हुने हुकुम गरे, र तिनीहरूलाई ढुङ्गा काटेर तयार गर्न परमप्रभुको भवन बनाउने काममा खटाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले इस्राएलमा बस्दै आएका विदेशीहरूलाई भेला गर्ने हुकुम दिए। अनि तिनीहरूमध्येबाट परमेश्‍वरको भवन निर्माण गर्नलाई काटेका राम्रा ढुङ्गा तयार गर्न भनी ढुङ्गा काट्नेहरू नियुक्त गरे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले इस्राएलमा बस्ने सबै विदेशीहरूलाई एकसाथ भेला हुने आदेश दिए। दाऊदले विदेशीहरूबाट ढुंङ्गा काट्नेहरू मानिसहरु छाने। तिनीहरूको काम परमेश्वरको मन्दिर बनाउनका निम्ति ढुंङ्गा काटेर तयार गर्ने थियो।