1 Chronicles 22:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभुले मलाई भन्नुभयो, ‘तैँले धेरै युद्ध गरिस् र मानिसहरूलाई मारिस्।’ यसरी मैले धेरै रगत बगाउने काम गरेको हुनाले उहाँले आफ्नो लागि मेरो हातले मन्दिर बनाउन दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुले मलाई मनाही गरेर भन्नुभयो, ‘तैंले धेरै रक्तपात र ठूला-ठूला युद्ध गरेको छस्। मेरो नाउँको निम्ति तैंले यो भवन निर्माण गर्नेछैनस्, किनभने मेरो दृष्टिमा तैंले पृथ्वीमा धेरै रक्तपात गरेको छस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहको यसो भन्ने वचन मकहाँ आयो: ‘तैँले धेरै रगत बगाएको छस्, र धेरै युद्धहरू लडेको छस्। त्यसैले तैँले मेरो नामको खातिर भवन बनाउनेछैनस्; किनकि मेरो दृष्टिमा यस पृथ्वीमा तैँले धेरै रगत बगाएको छस्।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तैंले धेरै युद्धहरू लडेको छस् र धेरै मानिसहरू मारेको छस्। यसर्थ मेरो नाउँको निम्ति तैंले मन्दिर बनाउन सक्तैनस्।
Recommended Reading