1 Chronicles 22:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उहाँले मसित एउटा प्रतिज्ञा गर्नुभयो। उहाँले भन्नुभयो, ‘तेरो एउटा छोरो हुनेछ। त्यसले शान्तिमा राज्य गर्नेछ किनभने म त्यसलाई त्यसका सबै शत्रुहरूबाट शान्ति दिनेछु। त्यसको नाम सोलोमन हुनेछ किनभने त्यसका राज्यकालमा म इस्राएललाई शान्ति-सुरक्षामा राख्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तेरो एउटा छोरो हुनेछ, जो शान्तिको मानिस हुनेछ। म चारैतिर त्यसका सबै शत्रुहरूबाट त्यसलाई शान्ति दिनेछु। त्यसको नाउँ सोलोमन हुनेछ। त्यसको राजकालमा म इस्राएललाई शान्ति र चैन दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तेरो एउटा छोरा जन्मनेछ, जो शान्ति र विश्रामको मानिस हुनेछ। अनि म त्यसलाई त्यसका चारै दिशाका शत्रुहरूबाट विश्राम दिनेछु। त्यसको नाम सोलोमन हुनेछ; म त्यसको शासनकालमा इस्राएललाई शान्ति र सुरक्षा दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तर तिम्रो छोराहरू मध्ये एकजना जो शान्ति प्रिय व्यक्ति हो। म शान्तिको समय प्रदान गर्नेछु। त्यसका वरिपरिका शत्रुहरूले त्यसलाई आक्रमण गर्ने छैनन्। त्यसको नाउँ सुलेमान हो। म इस्राएललाई उ राजा भएको समयमा शान्ति र आरम प्रदान गर्नेछु।