1 Chronicles 23:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिनीहरू गोत्र-गोत्र र परिवार— परिवारअनुसार र नाम लेखिए बमोजिम लेवीका सन्‍तान थिए। बीस वर्ष वा त्‍यसभन्दा बढी उमेर भएका लेवीका यी सन्‍तानले परमप्रभुको मन्‍दिरको सेवाकार्यमा एउटा न एउटा भाग लिनुपर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूचीमा परिवार-परिवारअनुसार लेखिएका लेवीका सन्‍तान, आ-आफ्‍ना परिवारका मुखियाहरू, बीस वर्ष र त्‍यसभन्‍दा बढ़ी उमेरकाहरू जसले परमप्रभुको मन्‍दिरमा सेवा गर्थे, तिनीहरू यस्‍तै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीका परिवारअनुसार तिनीहरूका सन्तानहरू यिनै थिए—तिनीहरूका परिवारका अगुवाका नामअनुसार र हरेक व्यक्तिहरू, जो याहवेहको मन्दिरमा काम गर्ने बीस वर्ष र त्यसभन्दा बढी उमेरका कर्मचारीहरूको नाम दर्ता गरियो।
Nepali ERV (पवित्र बाइबल)
यी लेवीका सन्तानहरू थिए। सूचीमा तिनीहरूको नाउँ आफ्ना परिवार-परिवार अनुसार थियो। ती परिवारका प्रधानहरू थिए। प्रत्येक व्यक्तिको नाउँ सूचीमा लेखिएको थियो। सूचीमा लेखिएका व्यक्तिहरू बीस वर्ष वा त्यस भन्दा माथिका थिए। तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गर्थे।