1 Chronicles 23:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरलाई चढाइएका रोटी, भेटीमा चढाइएको पिठो, अखमिरी रोटी, पकाएको अन्नबलि र जैतुनको तेल मिसाएको पिठोको जिम्मा लिन, मन्दिरमा चढाइएका भेटीहरूको तौल र नाप लिन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि टेबिलमा राखिएको रोटी मिलाउनु, अन्नबलिको पीठो, अखमिरी बाबर, पोलेका र तेलमा पकाएका फुरौला र ढक र तराजू तयार गर्नु— यी सबै कामको जिम्मा तिनीहरूको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू टेबुलमा सजाइएको रोटी, अन्नबलिको विशेष पिठो, खमिरविनाको पातलो रोटी, पकाउने र मिसाउने, र सबै प्रकारका नाप-तौल, र आकारका जिम्मेवारीमा थिए।
Nepali ERV (पवित्र बाइबल)
मन्दिरको टेबिलमा विशेष रोटी राख्ने तिनीहरू जिम्मा थियो। तिनीहरू पीठो, अन्नबलि र अखमिरी रोटी पोलेका अनि मिश्रित भेटीहरूको पनि जिम्मामा थिए। तिनीहरूले सबै कुराको नाप-तौल गर्थे।