1 Chronicles 23:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु बास गर्ने पवित्र पाल र पवित्रस्‍थान रेख-देख गर्ने र आफ्‍ना कुटुम्‍ब हारूनका सन्‍तानमा भएका पूजाहारीहरूलाई मन्‍दिरको आराधना कार्यमा सघाउने कामको भार तिनीहरूलाई दिइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी लेवीहरूले भेट हुने पाल र पवित्रस्‍थानको जिम्‍मा, अनि तिनीहरूका कुटुम्‍ब हारूनका सन्‍तानहरूको अधिकारमुनि परमप्रभुका मन्‍दिरको सेवाको जिम्‍मा लिनुपर्थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी लेवीहरूले भेट हुने पालको, पवित्रस्थान र हारूनका सन्तान आफ्ना दाजुभाइहरूका अधीनमा रहेर याहवेहको मन्दिरको सेवामा पुजारीहरूलाई सहायता गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पवित्र पाल साथै पवित्र स्थानको हेरचाह गर्थे। तिनीहरूले आफ्ना पूजाहारी, हारूनका सन्तानहरूलाई सहायता गर्थे। लेवीहरूले परमप्रभुको मन्दिरका कामहरूद्वारा पूजाहारीहरूलाई सहायता गर्थे।