1 Chronicles 24:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसहरूका नाम तिनीहरूले गर्नुपर्ने कामअनुसार लेखिन्‍थे। तिनीहरूले आफ्‍ना पुर्खा हारूनले परमप्रभु इस्राएलका परमेश्‍वरका आज्ञापालन गरी सुरु गरेका कामहरू मन्‍दिरमा गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका पुर्खा हारूनले यो आदेश परमप्रभु इस्राएलका परमेश्‍वरबाट पाएका थिए। तिनले तोकेको यो विधिअनुसार जब तिनीहरू परमप्रभुको मन्‍दिरमा आफ्‍नो सेवाको काम गर्न जान्‍थे, तब तिनीहरूको सिलसिला यही थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह इस्राएलका परमेश्‍वरले, तिनीहरूका पुर्खा हारूनलाई आज्ञा दिएबमोजिम, हारूनले तिनीहरूका निम्ति तोकिदिएका नियमअनुसार याहवेहको मन्दिरमा सेवाको निम्ति प्रवेश गर्दा तिनीहरूको निम्ति तोकिएको क्रम यही थियो।
Nepali ERV (पवित्र बाइबल)
यी परमप्रभुको मन्दिरमा सेवा गर्नका निम्ति छानिएका दलहरू थिए। तिनीहरूले मन्दिरमा सेवा गर्नका निम्ति हारूनका विधि-विधानहरू पालन गरे। परमप्रभु इस्राएलका परमेश्वरले ती विधानहरू हारूनलाई दिनु भएको थियो