1 Chronicles 24:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाले हारूनका सन्‍तानलाई तिनीहरूका कामअनुसार दल-दलमा छुट्ट्याए। त्‍यस काममा उनलाई एलाजारको छोरो सादोक र ईतामारको छोरो अहीमेलेकले सघाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको परामर्श लिएर तिनीहरूका पूजाहारीहरूका आ-आफ्‍नो जिम्‍मेवारीअनुसार काम गर्नलाई दल बनाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलाजारको सन्तान सादोक र ईतामारको सन्तान अहीमेलेकको सहायतामा, दावीदले तिनीहरूको निम्ति तोकिएको सेवाको नियमअनुसार तिनीहरूलाई दलहरूमा विभाजन गरिदिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले एलाजार र ईतामारका परिवार समूहलाई दुइ भिन्न समूहहरूमा विभाजन गरे। दाऊदले यसो गरे की समूहहरूले तिनीहरूलाई गर्न दिइएका कार्यहरू गर्न सकुन्। दाऊदले सादोक र अहीमेलेकको सहायताद्वारा यसो गरे। सादोक एलाजारका सन्तान थिए। तर अहीमेलेक ईतामारका सन्तान थिए।