1 Chronicles 24:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलाजारका सन्तान सोह्र दलमा बाँडिएका थिए र ईतामारका सन्तान आठ दलमा बाँडिएका थिए। त्यसो गरेको कारणचाहिँ एलाजारका सन्तानमा ईतामारको भन्दा धेरै परिवारका प्रधान पुरुषहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका घरानाका मुख्य पुरुषहरू ईतामारको भन्दा एलाजारको ज्यादा भेट्टाइए। त्यसकारण एलाजारका सन्तानबाट परिवारका सोह्र जना मुखिया र ईतामारका सन्तानबाट परिवारका आठ जना मुखियाहरू आ-आफ्नो दलमा बाँधिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ईतामारका सन्तानहरूमा भन्दा एलाजारका सन्तानहरूमा धेरै संख्यामा अगुवाहरू पाइए। अनि तिनीहरूको संख्याअनुसार नै विभाजन गरिए: एलाजारका सन्तानबाट परिवारहरूका सोह्र जना अगुवाहरू र ईतामारका सन्तानबाट परिवारहरूका आठ जना अगुवाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
एलाजारका परिवारमा ईतामारका परिवारमा भन्दा धेरै मुखियाहरू थिए। एलाजारका परिवामा सोह्रजना मुखियाहरू थिए अनि ईतामारका परिवारमा आठजना मुखियाहरू थिए।