1 Chronicles 25:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजा र लेवी अगुवाहरूले यी लेवी गोत्रलाई आराधना, सेवा गर्न चुने— आसाप, हेमान र यदूतून। वीणा र झ्यालीका सङ्गीतसाथ परमेश्वरका वचन सुनाउने तिनीहरूको काम थियो। आराधनामा सेवा गर्न छानिएका मानिसहरूको सूची प्रत्येक दलले गर्नुपर्ने कामको बयानसहित यस्तो थियो:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद र तिनका सेनापतिहरूले आसापका छोराहरू, हेमानका छोराहरू र यदूतूनका छोराहरूमध्ये कसैलाई वीणा, सारङ्गी र झ्यालीहरूका साथमा अगमवाणी कहने काममा खटाइदिए। यिनीहरूको सूची यस प्रकार थियो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद र सेनापतिहरूले मिलेर आसाप, हेमान र यदूतूनका केही छोराहरूलाई सारङ्गी, वीणा र झ्यालीहरू बजाउँदै अगमवाणीको सेवाका निम्ति अलग गरे। अगमवाणीको सेवा गर्ने मानिसहरूको सूची यही हो:
Nepali ERV (पवित्र बाइबल)
दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः