1 Chronicles 25:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आसापका चार छोराहरू— जक्‍कूर, योसेफ, नतन्‍याह र असरेला। तिनीहरू आसापका आदेशमा चल्‍थे। राजाले आज्ञा गरेको समयमा आसापले परमेश्‍वरको वचन सुनाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आसापका छोराहरूबाट: जक्‍कूर, योसेफ, नतन्‍याह र असरेला। राजाका अधीनमा अगमवाणी बोल्‍ने आसापको अधीनमा यिनीहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आसापका छोराहरूबाट: जक्‍कूर, योसेफ, नतन्याह र असारेला। आसापका यी छोराहरू आसापको निर्देशनमा काम गर्थे। आसापले चाहिँ राजाको निर्देशनमा अगमवाणी गर्थे।
Nepali ERV (पवित्र बाइबल)
आसापका परिवारबाटः जक्कूर, योसेफ, नतन्याह अनि अशरेला। राजा दाऊदले आसापलाई अगमवाणी गर्नका निम्ति चुने अनि आसापले आफ्ना छोराहरूको अगुवाइ गरे।