1 Chronicles 25:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले राजाका अगमवक्ता हेमानलाई आफ्‍नो प्रतिज्ञाअनुसार यी चौध छोरा र तीन छोरीहरू पनि दिनुभयो र हेमानलाई त्‍यसरी बलियो पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरू तिनलाई उच्‍च पार्नका निम्‍ति परमेश्‍वरको प्रतिज्ञाहरूद्वारा दिइएका थिए। परमेश्‍वरले हेमानलाई चौध छोरा र तीन छोरी दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरूचाहिँ उनलाई उच्‍च तुल्याउनका निम्ति परमेश्‍वरको प्रतिज्ञाअनुसार दिइएको थियो। परमेश्‍वरले हेमानलाई चौध जना छोरा र तीन जना छोरी दिनुभयो।)
Nepali ERV (पवित्र बाइबल)
यी सबै मानिसहरू हेमानका छोराहरू थिए। हेमान दाऊदका दर्शी थिए। परमेश्वरले हेमानलाई शक्तिशाली बनाउने वचन दिनु भएको थियो। यसर्थ हेमानका धेरै छोराहरू भए। परमेश्वरले हेमानलाई चौध छोरा अनि तीन जना छोरीहरू दिनु भयो।