1 Chronicles 26:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शलोमीत र उनका परिवारलाई मन्दिरको सेवाकार्यको निम्ति अर्पण गरेका सबै थोक, शमूएल अगमवक्ता, शाऊल राजा, नेरको छोरो अबनेर र सरूयाहको छोरो योआबले चढाएका भेटीहरूसमेत जिम्मा दिइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दर्शी शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले समर्पण गरेका सबै थोक, अनि अर्पण गरिएका अरू सबै थोकहरू शलोमीत र तिनका कुटुम्बहरूको जिम्मामा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दर्शी शमूएलले र कीशका छोरा शाऊलले नेरका छोरा अबनेर; अनि सरूयाहका छोरा योआबले अर्पण गरेका हरेक कुरा, र ती अर्पण गरिएका अरू सबै चीजहरूचाहिँ शलोमीत र तिनका आफन्तहरूका जिम्मामा थिए।
Nepali ERV (पवित्र बाइबल)
शलोमीत र तिनका आफन्तहरूले दर्शी शमूएल कीशका छोरा शाऊल, नेरका छोरा अबनेर अनि सरूयाहका छोरा योआबले दिएका पवित्र वस्तुहरूको पनि हेरचाह गरे। शलोमीत अनि तिनका आफन्तहरूले सबै पवित्र वस्तुहरूको हेरचाह गरे जुन मानिसहरूले परमप्रभुलाई दिएका थिए।