1 Chronicles 26:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेब्रोनका सन्तानबाट हशब्याह र उनका सत्र सय कुटुम्बहरूलाई सबै धर्मसम्बन्धी र समाज शासनसम्बन्धी विषयहरूबारे जिम्मा दिएको थियो। तिनीहरू सबै जना प्रमुख मानिसहरू थिए र ती विषयमा यर्दन नदीको पश्चिमपट्टिको इस्राएल देशमा हेर-विचार गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेब्रोनीहरूबाट: हशब्याह र तिनका कुटुम्बहरू, सत्र सय योग्य मानिसहरूचाहिँ यर्दन नदीका पश्चिमतिरको इस्राएलमा परमप्रभुको काम र राजाको सेवाका कामको हेर-विचार गर्नेहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेब्रोनीहरूबाट: हशब्याह र तिनका आफन्तहरू—सत्र सय योग्य मानिसहरूचाहिँ इस्राएलमा याहवेहका सबै कामका निम्ति र राजाको सेवाका निम्ति यर्दन नदीको पश्चिमपट्टिको अधिकारी थिए।
Nepali ERV (पवित्र बाइबल)
हशब्याह हेब्रोन परिवारका थिए। हशब्याह अनि तिनका आफन्तहरूले परमप्रभुका सबै कार्य गर्दथे अनि इस्राएलको यर्दन नदीको पश्चिम तिर राजाको काम-काजको जिम्मावाला पनि थिए। हशब्याहका समूहमा 1,700 जना योग्य मानिसहरू थिए।