1 Chronicles 26:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाले यरियाहका कुटुम्बहरूबाट परिवारका प्रमुख-प्रमुख दुई हजार सात सय प्रधानहरूलाई छाने र यर्दन नदीको पूर्वमा भएको इस्राएली देशमा तिनीहरूलाई सबै धार्मिक र सामाजिक कुराको शासनभार दिए। त्यो भू-भाग रूबेन, गाद र पूर्व मनश्शेको इलाकामा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरियाहका दुई हजार सात सय योग्य कुटुम्बहरू थिए, जो परिवार-परिवारका मुखियाहरू थिए। यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलमाथि परमेश्वरसम्बन्धी हरेक कुरा र राज्य-शासनका कामको हेरविचार गर्नेहरू तुल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरियाहका सत्ताइस सय आफन्तहरू थिए, जो योग्यका मानिसहरू थिए र परिवारहरूका अगुवाहरू थिए। राजा दावीदले तिनीहरूलाई रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलमाथि परमेश्वर र राजासम्बन्धी हरेक कुराको निम्ति जिम्मा दिए।)
Nepali ERV (पवित्र बाइबल)
यरियाहका 2,700 जना आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू परिवारहरूका मुखियाहरू थिए। राजा दाऊदले ती 2,700 जना आफन्तहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूलाई परमप्रभुको कार्य अनि राजाको काम-काजको हेर चाह गर्नमा अगुवाइ गर्ने जिम्मा दिए।