1 Chronicles 27:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राज्‍यको शासनभार सम्हाल्‍ने इस्राएली भारदारहरू, परिवार र गोत्रहरूका प्रधान अगुवाहरू यी नै थिए। वर्षभरि हरेक महिनामा चौबीस हजार पुरुषहरूको भिन्‍दा-भिन्‍दै दलले राज्‍यको कार्यभार सम्हाल्‍थे। त्‍यस महिनाको लागि दलको एक जना प्रधान अधिकारी हुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूको सूची— अर्थात्‌ परिवार-परिवारका मुखियाहरू र हजार र सयका सेनापतिहरू, आफ्‍ना अधिकृतहरूसमेत, जसले सेनाका भागहरूका सम्‍बन्‍धमा वर्षभरि महिना-महिनामा राजाको सेवा गर्थे— प्रत्‍येक विभागमा २४,००० जना थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूको सूची यही हो—परिवारहरूका अगुवाहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू र तिनीहरूका अधिकारीहरू, जसले वर्षको हरेक महिना पालैपालो सेनाका दलहरू सम्बन्धित सबै कुरामा राजाको सेवामा गर्थे। प्रत्येक सैनिक दलमा 24,000 सेनाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
यी इस्राएलीहरूको सूची हो जसले सेनामा राजाको सेवा गर्थे। प्रत्येक समूहले प्रत्येक वर्ष एक महीना काम गर्दथै। त्यहाँ परिवारका अगुवाहरू हजार जना सेनाध्यक्षहरू, सहायक सेनाध्यक्षहरू, अधिकारीहरू, जसले राजाको सेवा गर्थे। प्रत्येक सैन्य समूहमा 24,000 मानिसहरू थिए।