1 Chronicles 27:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाले बीस वर्षभन्दा कम उमेरका मानिसहरूको गन्‍ती लिएनन् किनभने परमप्रभुले इस्राएलका मानिसहरू आकाशका ताराहरूझैँ असङ्‍ख्य बनाउने प्रतिज्ञा गर्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले बीस वर्षदेखि उँधोकाहरूको जनसंख्‍या लिएनन्, किनभने परमप्रभुले इस्राएललाई आकाशका ताराहरूझैँ संख्‍यामा बढ़ाउनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले बीस र त्यसभन्दा तलका मानिसहरूको गन्ती लिएनन्; किनभने याहवेहले इस्राएलको संख्या आकाशका ताराहरूझैँ बढाउने प्रतिज्ञा गर्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले इस्राएलका मानिसहरूको गन्ती गर्ने निश्चय गरे। त्यहाँ अति धेरै मानिसहरू थिए किनभने परमेश्वरले इस्राएलका मानिसहरूलाई आकाशमा भएका ताराहरू जस्तै धेरै बनाउने प्रतिज्ञा गर्नु भएको थियो। यसर्थ दाऊदले ती मानिसहरूको मात्र गणना गरे जो बीस वर्ष अनि त्यस भन्दा माथिका थिए।