1 Chronicles 27:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[25-31] राजकीय सम्पत्ति शासन गर्नेहरूको सूची यस प्रकार थियो: राजकीय भण्डारहरू— अदीएलका छोरा अज्मावेत स्थानीय भण्डारहरू— उज्जियाहका छोरा जोनाथन खेतीकिसान गर्नेहरू— कलूबका छोरा एस्री दाखबारी हेर्नेहरू— रामाका शिमी दाखमद्यका घ्याम्पा हेर्नेहरू— शेपेमका जब्दी जैतुन र नेभाराका रूख हेर्नेहरू (पश्चिम डाँडाका फेदीहरूमा)— गेदेरका बाल-हानान जैतुनका तेलका भण्डारहरू— योआश शारोनका मैदानका गाई-वस्तुहरू— शारोनका शित्रै बेसीका गाई-वस्तुहरू— अदलैका छोरा शाफात ऊँटहरू— इश्माएली ओबील गधाहरू— मेरोनोतका येहदयाह भेडा-बाख्राहरू— हग्री याजीज।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाका भण्डारहरू अदीएलका छोरा अज्मावेतको जिम्मामा थिए। देशका, सहरहरूका, गाउँहरूका र किल्लाहरूका भण्डारहरू उज्जियाहका छोरा जोनाथनको जिम्मामा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अदीएलका छोरा अज्मावेत, राजकीय भण्डारहरूका जिम्मामा थिए। उज्जियाहका छोरा जोनाथन, ग्रामीण जिल्लाहरूमा, सहरहरूमा, बस्तीहरूमा र धरहराहरूमा रहेका भण्डारहरूका जिम्मामा थिए।
Nepali ERV (पवित्र बाइबल)
यो ती मानिसहरूको सूची हो जसले राजाका सम्पत्तिको जिम्मा लिएका थिएः अज्मावेत, अदीएलका छोरा राजा भण्डार कक्षको जिम्मामा थिए। जोनाथन, उज्जियाहका छोरा सा-साना शहर, गाउँ, खेत अनि बुर्जाहरूका भण्डार कक्षका जिम्मामा थिए।