1 Chronicles 28:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले आफूले सोचेका चोकहरू, तिनका चारैतिरका कोठाहरू, मन्दिरका सामग्रीहरू र परमप्रभुलाई अर्पण गरिएका भेटीहरू राख्ने कोठाहरूका रेखा-चित्रहरू पनि दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आत्माले तिनको मनमा राख्नुभएका सबै कुराअनुसार तिनले परमप्रभुको मन्दिरका चोकहरू र चारैपट्टिका कोठाहरू, परमेश्वरको मन्दिरका भण्डारहरू र अर्पण गरिएका भेटी राख्ने भण्डारहरूका निम्ति नक्शाहरू दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले याहवेहको मन्दिरका चोकहरू र चारैतिरका कोठाहरू, परमेश्वरको मन्दिरका भण्डारहरू र अर्पण गरिएका चीजहरूका भण्डारहरूको नमुना, ती सबै कुराहरूको निर्माणको नमुनाहरू, जुन तिनले आत्माद्वारा पाएका थिए, आफ्ना छोरा सोलोमनलाई दिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले मन्दिरका सबै अंशका योजनाहरू बनाएका थिए। दाऊदले ती योजनाहरू सुलेमानलाई दिए। दाऊदले तिनलाई परमप्रभुको मन्दिर वरिपरिका आँगान अनि त्यस वरिपरिका सबै कोठाहरूका योजनाहरू दिए। दाऊदले तिनलाई मन्दिरको भण्डार कक्षहरू अनि ती भण्डार कक्षहरू जहाँ मन्दिरमा प्रयोग गरिने पवित्र वस्तुहरू राख्थे त्यसका योजनाहरू दिए।