1 Chronicles 28:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[17-18] उनले काँटा, बटुका, कलश, धूप जलाउने वेदी र परमप्रभुको करारको सन्‍दुकमाथि पखेटा फैलाई खडा भएका करूबहरूको रथ बनाउन कति-कति निखुर सुन र थाल, बटुका बनाउन कति सुन र चाँदी लगाउनुपर्छ, त्‍यो पनि आदेश दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले काँटाहरू, छर्कने बाटाहरू र करुवाहरूका निम्‍ति निखुर सुनको तौल, अनि हरेक सुन र चाँदीको भाँड़ाको निम्‍ति सुनचाँदीको चाहिँदो तौल तोकिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
काँटाहरू, छर्कने कचौराहरू, सुराहीहरूका निम्ति निखुर सुनको तौल; प्रत्येक सुनको भाँडाको निम्ति सुनको तौल; प्रत्येक चाँदीको भाँडाको निम्ति चाँदीको तौल;
Nepali ERV (पवित्र बाइबल)
काँटा, छर्कने कचौरा, अनि कलशहरू बनाउन कति शुद्ध सुन प्रयोगगर्नु पर्छ दाऊदले सो पनि भने। प्रत्येक सुनका थाली बनाउन कति सुन प्रयोगगर्नु पर्छ अनि प्रत्येक चाँदीका रिकाबी बनाउन कति चाँदी प्रयोगगर्नुपर्ने सो दाऊदले भने।