1 Chronicles 28:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले तिनीहरूका सामुन्ने उभिए र भने, “मेरा देशवासीहरू हो! मेरो कुरा सुन। करारको सन्दुकको निम्ति र परमप्रभु हाम्रा परमेश्वरका निम्ति एउटा भवन बनाउने मेरो इच्छा थियो। उहाँको सम्मान्मा एउटा मन्दिर बनाउने तयारी मैले गरेको छु,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब खड़ा भएर दाऊद राजाले भने, “हे मेरा दाजुभाइ र प्रजा हो, मेरा कुरा सुन। परमप्रभुको करारका सन्दूकको निम्ति एउटा विश्रामस्थान, हाम्रा परमेश्वरका पाउदानको निम्ति एउटा भवन बनाउनलाई मेरो मनमा विचार गरेको थिएँ, अनि मैले त्यो निर्माण गर्नलाई तयार पनि गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा दावीदले उभिएर भने, “मेरा दाजुभाइहरू र मेरा मानिसहरू, मेरा कुरा सुन्नुहोस्! याहवेहको करारको सन्दुकको वासस्थानका र हाम्रा परमेश्वरको पाउदानका निम्ति एउटा भवन बनाउने मेरो हृदयमा इच्छा थियो; तब मैले भवन बनाउने एउटा योजना बनाएको थिएँ।
Nepali ERV (पवित्र बाइबल)
राजा दाऊद उठे र भने, “मेरा दाज्यू-भाईहरू अनि मेरा मानिसहरू, मेरा कुरा सुन। म परमप्रभुको करारको सन्दूकको निम्ति एउटा विश्रामस्थान निर्माण गर्न अतिनै चाहन्थें, एउटा स्थान जो हाम्रो परमप्रभुको खु्ट्टाको पाउदान हुन सकोस् मैले मन्दिर निर्माण गर्नलाई धेरै तयारीहरू गरें।