1 Chronicles 28:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाले आफ्‍ना छोरा सोलोमनलाई भने, “भरोसा राख र सङ्कल्‍प गर। काम सुरु गर र केही कुराले त्‍यसलाई रोक्‍न नदेऊ। परमप्रभु परमेश्‍वर, जसको म सेवा गर्दछु, तिमीसित रहनुहुनेछ। उहाँले तिमीलाई त्‍याग्‍नुहुन्‍न र मन्‍दिर बनाउन गर्नुपर्ने काम तिमीले नसकेसम्‍म उहाँ तिमीसित रहनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले आफ्‍ना छोरा सोलोमनलाई यसो पनि भने, “बलिया र आँटिला होऊ र यो काम गर। नडराऊ र निरुत्‍साहित नहोऊ, किनकि परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुनेछ। परमप्रभुको मन्‍दिरका सेवाको निम्‍ति सबै चाहिँदो काम तिमीले पूरा नगरुञ्‍जेल उहाँले न त तिमीलाई निराश तुल्‍याउनुहुनेछ न तिमीलाई त्‍याग्‍नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले आफ्ना छोरा सोलोमनलाई पनि भने, “बलियो र साहसी भएर यो काम गर्! नडरा र निराश नहो, किनकि याहवेह परमेश्‍वर, मेरा परमेश्‍वर तेरो साथमा हुनुहुनेछ। याहवेहको मन्दिरको सेवाका निम्ति सबै कामहरू पूरा नभएसम्म उहाँले तँलाई छोड्नुहुनेछैन, अर्थात् त्याग्नुहुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी बन अनि यो काम पूर्ण गर। नडराऊ र निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्।