1 Chronicles 28:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारी र लेवीहरूको मन्दिरमा गर्नुपर्ने कामहरू तिनीहरूलाई खटाइएका छन्। सबै प्रकारका सीप भएका काम गर्ने मानिसहरू तिमीलाई सहायता गर्न उत्सुक छन् र तिनीहरूका अगुवाहरू तिम्रा आज्ञा मान्न तयार छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको मन्दिरका सबै सेवा गर्न पूजाहारी र लेवीका दल-दलहरू तयार छन्। तिम्रो सबै काममा खुशीसित कुनै पनि काम गर्न हरेक कारीगरको सहायता तिमीलाई मिल्नेछ। अनि अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक हुकुममा चल्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको मन्दिरको सबै कामका निम्ति पुजारीहरू र लेवीहरूका दलहरू तयार छन्; अनि हरेक कलामा निपुण इच्छुक कारिगरहरूले तँलाई सबै कामहरूमा सहायता गर्नेछन्। अनि अधिकारीहरू र सबै मानिसहरूले तेरो प्रत्येक हुकुम पालन गर्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
यहाँ पूजाहारी र लेवीहरूको समूह छन् जो परमेश्वरको मन्दिरमा सबै कार्यहरू गर्नको निम्ति तयार छन्। सबै सिपालु कर्मीहरू सबै कार्यहरूमा तँलाई सहायता गर्न तयार छन। सबै अधिकारीहरू र सबै मानिसहरूले तपाईको हुकूम मान्नेछन्।”