1 Chronicles 28:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उहाँले मलाई मनाही गर्नुभयो कारण म लडाइँ गर्ने सिपाही हुँ र धेरै रगत मेरो हातबाट बगेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्‍वरले मलाई यसो भन्‍नुभयो, ‘मेरो नाउँको सम्‍मानको निम्‍ति तैंले भवन बनाउनेछैनस्, किनभने तँ लड़ाइँ गर्ने मानिस होस्, र तैंले रक्तपात गरेको छस्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘तैँले मेरो नामको आदरको निम्ति भवन बनाउनेछैनस्; किनकि तँ एउटा योद्धा होस्, र तैँले धेरै रगत बगाएको छस्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले मलाई भन्नुभयो, ‘अहँ, दाऊद, तैंले मेरो नाउँमा मन्दिर बनाउनु पर्दैन। तैंले त्यसो गर्नु हुँदैन किनभने तँ एक सैनिक होस्, र तैंले धेरै मानिसहरूलाई मारेको छस्।’