1 Chronicles 29:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाले सम्‍पूर्ण जन-समुदायलाई यस्‍तो घोषणा गरे, “परमेश्‍वरले चुन्‍नुभएको व्‍यक्ति मेरो छोरो सोलोमन हो; तर त्‍यो अहिले कलिलै छ र अनुभवमा कम छ। गर्नुपर्ने काम ठूलो छ किनभने यो मानिसको लागि बनाइने महल होइन; तर परमप्रभु परमेश्‍वरको मन्‍दिर हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि राजा दाऊदले सारा समुदायलाई भने, “मेरा छोरा सोलोमन, कलिलै उमेरका सोलोमनलाई नै परमेश्‍वरले चुन्‍नुभएको छ। यो काम महान्‌ छ, किनकि यो भवन मानिसको निम्‍ति होइन तर परमप्रभु परमेश्‍वरको निम्‍ति हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा दावीदले सारा समुदायलाई भने: “परमेश्‍वरले चुन्‍नुभएको मेरो छोरा सोलोमन, त्यो कलिलो र अनुभवहीन छ। तर त्यसले गर्नुपर्ने काम ठूलो छ; किनकि यो भवन मानिसहरूका निम्ति होइन, तर याहवेह परमेश्‍वरका निम्ति हो।
Nepali ERV (पवित्र बाइबल)
राजा दाऊदले इस्राएलका सबै मानिसहरूलाई भने जो एकसाथ एकत्रित भएका थिए, “परमेश्वरले मेरो छोरा सुलेमानलाई मात्र चुन्नु भएको छ। सुलेमान सानै छ अनि यो काम गर्नका निम्ति चाहिने सबै कुरा त्यसले जान्दैन। तर यो काम अत्यन्त महत्वपूर्ण छ। यो मन्दिर मानिसहरूका निम्ति होइन, तर परमप्रभु परमेश्वरको निम्ति हो।