1 Chronicles 29:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ सम्‍पूर्ण जन-समुदायअघि दाऊद राजाले परमप्रभुको प्रशंसा गरे। तिनले भने, “परमप्रभु हाम्रा पुर्खा याकूबका परमेश्‍वर, तपाईंको प्रशंसा सदासर्वदा होइरहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले सबै समुदायको उपस्‍थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे: “हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वर, सनातनदेखि सनातनसम्‍म तपाईंको प्रशंसा होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले सारा समुदायको उपस्थितिमा याहवेहको प्रशंसा गर्दै भने: “हे हाम्रा इस्राएलका परमेश्‍वर, याहवेह, अनन्तदेखि अनन्तसम्म तपाईंको प्रशंसा भइरहोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि दाऊदले सबै मानिसहरूलाई परमप्रभुको प्रशंसा गर्न भेला गराएका थिए। दाऊदले भनेः “परमप्रभु इस्राएलका परमेश्वर, हे हाम्रा पिता, सदा सर्वदाका निम्ति तपाईको प्रशंसा होईरहोस्।