1 Chronicles 29:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंको पवित्र नामको आदर गर्न मन्दिर बनाउन हामीले यो धन जम्मा गरेका छौं तर यी सबै तपाईंबाट आएका हुन् र तपाईंकै हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंको पवित्र नाउँका सम्मानको निम्ति भवन बनाउन हामीले जम्मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र यी सबै तपाईंकै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह हाम्रा परमेश्वर, तपाईंको पवित्र नामको खातिर मन्दिर बनाउनका निम्ति हामीले प्रबन्ध गरेका यी सबै प्रशस्त कुराहरू तपाईंकै हातबाट आएको हो, र यी सबै कुराहरू तपाईंकै हो।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु हाम्रा परमेश्वर, हामीले यी सबै चिजहरू तपाईको मन्दिर निर्माण गर्नका निम्ति जम्मा गर्यौं। हामीले यो मन्दिर तपाईको नाउँको सम्मान गर्नका निम्ति निर्माण गर्दछौं। तर यी सबै वस्तुहरू तपाईबाट आएका हुन्। हरेक थोक तपाईकै हुन्।