1 Chronicles 29:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जान्‍दछु कि तपाईंले हरेकको हृदय जाँच्‍नुहुन्‍छ र निष्‍कपट मानिससित खुसी हुनुहुन्‍छ। यी सबै थोक मैले राजी-खुसीले इमानदारी र शुद्ध हृदयसाथ तपाईंलाई चढाएको छु। तपाईंका मानिसहरू, जो यहाँ भेला भएका छन्, तपाईंकहाँ आफ्‍ना भेटीहरू ल्‍याउँदा खुसी छन्, त्‍यो मैले देखेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा परमेश्‍वर, म जान्‍दछु कि तपाईं हृदयको जाँच गर्नुहुन्‍छ, र मनको सोझोपनादेखि तपाईं खुशी हुनुहुन्‍छ। साँचो हृदयले मैले राजीखुशीसित यी सबै दान तपाईंमा टक्र्याएको हुँ। यहाँ उपस्‍थित भएका तपाईंका प्रजाले राजीखुशीसित टक्र्याएको देख्‍दा अब मलाई आनन्‍द लागेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा परमेश्‍वर, तपाईंले हृदय जाँच्नुहुन्छ र इमानदारीसँग तपाईं खुशी हुनुहुन्छ भनी म जान्दछु। यी सबै कुराहरू मैले राजीखुशीसाथ र साँचो मनले दिएको हुँ। अनि अहिले यहाँ भएका तपाईंका मानिसहरूले कति राजीखुशीसँग आनन्दसाथ तपाईंलाई दिएका छन्, त्यो मैले देखेको छु।
Nepali ERV (पवित्र बाइबल)
मेरा परमेश्वर, म जान्दछु कि तपाईले आफ्ना मानिसहरूको जाँज गर्नुहुन्छ अनि तपाईंले धार्मिकता मन पराउनु हुन्छ। म यी सबै वस्तुहरू स्वच्छ अनि ईमान्दार हृदयले तपाई प्रति अर्पण गर्छु। तपाईका मानिसहरू यहाँ एकत्रित भएका म देख्छु र तपाईलाई यी वस्तुहरू अर्पण गर्न तिनीहरू खुशीछन्।