1 Chronicles 29:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु हाम्रा पिता-पुर्खाका परमेश्वर, अब्राहाम, इसहाक र याकूबका परमेश्वर यस्तो भक्ति आफ्ना प्रजाका हृदयमा दरिलो पारी राखिदिनुहोस् र तिनीहरूलाई सदासर्वदा आफूतर्फ विश्वासयोग्य बनाइराख्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईंका प्रजाको यो अभिप्राय सधैँको निम्ति कायम राख्नुहोस्, र तिनीहरूका हृदयलाई तपाईंतिर खिँच्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईंका मानिसहरूका हृदयमा यो विचार सदासर्वदा कायम राख्नुहोस्; अनि तिनीहरूका हृदय तपाईंप्रति विश्वासयोग्य बनाइराख्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु तपाई हाम्रा पुर्खा अब्राहाम, इसहाक अनि इस्राएलका परमेश्वर हुनुहुन्छ। कृपया तपाईका मानिसहरूलाई तपाईको काम गर्नमा सहायता गर्नुहोस्। तिनीहरूलाई तपाईप्रति धन्यवादीहुनमा सहायता गर्नुहोस्।