1 Chronicles 29:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो छोरो सोलोमनलाई तपाईंका सबै आज्ञा मान्‍ने र तपाईंको मन्‍दिर बनाउने हृदयदेखिको इच्‍छा दिनुहोस्। तपाईंको मन्‍दिर बनाउन मैले यी कुराहरू तयारी गरेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा छोरा सोलोमनले तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक-नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन गर्न अनुग्रह गर्नुहोस्, र तिनले ती सबै पूरा गर्न सकून्, र तिनले त्‍यो भवन निर्माण गर्न सकून्, जसको निम्‍ति मैले सबै कुरा तयार पारिराखेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका नियमहरू र उर्दीहरू पालन गर्न; अनि मैले जुटाएका यी सबै कुराले यस भवनको ढाँचा निर्माण गर्न सम्पूर्ण हृदयले गर्ने इच्छा दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
अनि मेरो छोरो सुलेमानलाई तपाई प्रति सत्य रहन सहायता गर्नुहोस्। तपाईको हुकूमहरू व्यवस्था अनि नियमहरूको सदा पालन गर्नमा सधैं त्यसलाई सहायता गर्नुहोस्। सुलेमानलाई यी कुराहरू सम्पन्न गर्नमा सहायता दिनुहोस् अनि यो किल्ला जो मैले योजना गरेकोछु, निर्माण गर्नमा त्यसलाई सहायता दिनुहोस्।”