1 Chronicles 29:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिरको लागि चाहिने सबै सामान तयार पार्ने चेष्‍टा मैले सकभर गरेको छु— सुन, चाँदी, काँसा, फलाम, काठपात, बहुमूल्‍य पत्‍थर र रत्‍नहरू, सिँङ्गार्ने रङ्गी-विरङ्गी ढुङ्गाहरू र धेरै सिङ्गमरमरहरू यहाँ छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा सबै बलले भ्‍याएसम्‍म मैले मेरा परमेश्‍वरका मन्‍दिरको लागि सुनका कामको निम्‍ति सुन, चाँदीका कामको निम्‍ति चाँदी, काँसाको निम्‍ति काँसा, फलामको निम्‍ति फलाम, काठको निम्‍ति काठ, र मणिघरको निम्‍ति आनिक्‍स, फिरोजा, विभिन्‍न रङ्गका पत्‍थरहरू, र सबै किसिमका दामी-दामी ढुङ्गाहरू प्रशस्‍त गरी तयार पारिराखेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आफ्नो शक्तिले भ्याएसम्म मेरा परमेश्‍वरको भवनका निम्ति आवश्यक सरसामानहरू सकभर जुटाएको छु—सुनका कामको निम्ति सुन, चाँदीका निम्ति चाँदी, काँसाको निम्ति काँसा, फलामको निम्ति फलाम र काठको निम्ति काठ। यसकासाथै जडान जड्न गोमेद, नीलमणि, विभिन्‍न रङ्गका बहुमूल्य पत्थरहरू, विभिन्‍न प्रकारका ढुङ्गाहरू र सिङ्गमरमरहरू, सबै कुराहरू प्रशस्त मात्रामा छन्।
Nepali ERV (पवित्र बाइबल)
मैले परमेश्वरको मन्दिर निर्माणका निम्ति योजना बनाउन मैले मेरो पूर्ण शक्ति लगाएको छु। सुनका वस्तुहरू बनाउनुका निम्ति मैले सुन दिएको छु। चाँदीका चीज-बीजहरू बनाउनुका निम्ति मैले चाँदी दिएको छु। काँसाका सामग्रीहरू बनाउनुका निम्ति मैले काँसा दिएको छु। फलामका वस्तुहरू बनाउनुका निम्ति मैले फलाम दिएको छु। काठका सामग्रीहरू बनाउनुका निम्ति मैले काठ दिएको छु। मैले जोडने स्थानका निम्ति गोमेदक रत्न, अलंकृत ईटे, सबै प्रकारका भिन्न-भिन्न रङ्गका बहुमूल्य रत्नहरू र सेतो संग मर्मरहरू पनि दिएको छु। मैले परमप्रभुको मन्दिरको निम्ति यस्ता धेरै-धेरै चीज-बीजहरू दिएको छु।