1 Chronicles 29:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि दाऊदले मानिसहरूलाई आज्ञा दिए, “परमप्रभु, तिम्रा परमेश्‍वरको प्रशंसा गर!” सारा जन-समुदायले परमप्रभु आफ्‍ना पिता-पुर्खाका परमेश्‍वरको र भूइँसम्‍म शिर निहुराएर परमप्रभु र राजालाई आदर गर्दै प्रणाम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सारा समुदायतिर फर्केर दाऊदले भने, “अब परमप्रभु तिमीहरूका परमेश्‍वरको प्रशंसा गर।” यसैले सारा समुदायले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको प्रशंसा गरे। तिनीहरूले परमप्रभु र राजाको सामु घोप्‍टो परी साष्‍टाङ्ग दण्‍डवत्‌ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले सम्पूर्ण समुदायलाई भने, “याहवेह तिमीहरूका परमेश्‍वरको प्रशंसा गर!” यसकारण तिनीहरू सबैले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको प्रशंसा गरे; तिनीहरूले याहवेह र राजाको सामु भुइँमा लम्पसार परेर दण्डवत् गरे।
Nepali ERV (पवित्र बाइबल)
तब दाऊदले भेला भएका सबै समूहका मानिसहरूलाई भने, “अब परमप्रभु तिमीहरूका परमेश्वर प्रति प्रशंसा अर्पण गर।” यसर्थ सारा समुदायले परमप्रभु आफ्ना पुर्खाहरूको परमेश्वरको प्रशंसा अनि आराधना गरे! तिनीहरूले परमप्रभु अनि राजा प्रति सम्मान जनाउन आफ्ना शिर भूँइतिर झुकाए।