1 Chronicles 29:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट परमप्रभुलाई अर्पण गर्दै बलिदान चढाएर तिनीहरूले पशु मारे र मानिसहरूलाई मासु खान दिए। त्‍यसमाथि तिनीहरूले एक हजार साँढे, एक हजार भेडा र एक हजार थुमा होमबलि चढाए र वेदीमाथि सिँगै जलाए। तिनीहरूले मद्यबलि पनि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्‍ट तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान चढ़ाए, र उहाँलाई होमबलि गरी एक हजार साँढ़े, एक हजार भेड़ा, एक हजार थुमा, र तिनका साथसाथै तोकिएको अर्घ-बलिसित इस्राएलको निम्‍ति अरू प्रशस्‍त बलिदान चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट तिनीहरूले याहवेहलाई बलिदानहरू र अन्‍नबलि चढाए: सारा इस्राएलको तर्फबाट एक हजार गोरु, एक हजार भेडा, एक हजार थुमा र अर्घबलिको साथमा प्रशस्त मात्रामा अरू बलिदानहरू चढाए।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन मानिसहरूले परमप्रभु प्रति तिनीहरूको बलिहरू चढाए। तिनीहरूले होमबलि अर्पण गरे। तिनीहरूले 1,000 साँढेहरू, 1,000 भेडाहरू, 1,000 थुमाहरू अनि तिनीहरू साथमा चल्ने अर्घ-बली अर्पण गरे। तिनीहरूले धेरै बलिहरू इस्राएलका मानिसहरूका निम्ति अर्पण गरे।