1 Chronicles 29:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो दिन तिनीहरूले परमप्रभुको अघि खाए, पिए र औधी खुसी मनाए। दोस्रोपल्ट तिनीहरूले सोलोमनलाई राजा घोषणा गरे। परमप्रभुको नाममा तिनीहरूले उनलाई आफ्ना राजा र सादोकलाई पूजाहारी अभिषेक गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसरी ठूलो आनन्दसित परमप्रभुको सामु तिनीहरूले त्यस दिन खानपान गरे। त्यसपछि तिनीहरूले दोस्रो खेप दाऊदका छोरा सोलोमन राजालाई स्वीकार गरे, र परमप्रभुको सामु तिनलाई राजा र सादोकलाई चाहिँ पूजाहारी अभिषेक गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन तिनीहरूले याहवेहको उपस्थितिमा अति आनन्दसाथ खानपिन गरे। तब तिनीहरूले दावीदका छोरा सोलोमनलाई दोस्रो पटक राजा घोषणा गरे। अनि तिनलाई शासक हुन र सादोकलाई पुजारी हुन याहवेहको सामु अभिषेक गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन मानिसहरू अत्यन्त खुशी थिए किनभने तिनीहरूले त्यहाँ परमप्रभुका साथ खानपीन गरे। अनि तिनीहरूले दाऊदका छोरा सुलेमानलाई दोस्रो पल्ट राजा बनाए। तिनीहरूले सुलेमानलाई राजाको रूपमा नियुक्त गरे साथै सादोकलाई पनि पूजाहारीको रूपमा नियुक्त गरे। तिनीहरूले यो काम त्यस स्थानमा परमप्रभुको सामुन्ने गरे।