1 Chronicles 3:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-3] उमेरअनुसार दाऊदका यी छोराहरू हेब्रोनमा जन्मेका थिए: अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्। दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्। अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्। अदोनियाह, जसकी आमा हग्गीत थिइन्। शपत्याह, जसकी आमा अबीतल थिइन्। यित्राम, जसकी आमा एग्ला थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेब्रोनमा जन्मेका दाऊदका छोराहरू यी नै हुन्: जेठा छोरा अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्, माहिला दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेब्रोनमा जन्मेका दावीदका छोराहरू यिनै हुन्: जेठा छोरा अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्; माहिँलाचाहिँ दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्;
Nepali ERV (पवित्र बाइबल)
दाऊदका केही छोराहरूः हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची होः दाऊदका जेठा छोरा अम्मोन हुन। अम्मोनकी आमा अहीनोअम थिइन्। तिनी यिज्रेल शहरकी हुन्। माहिला छोरा दानिएल थिए। तिनकी आमा अबीगेल यहूदाको कर्मेलकी थिइन्।