1 Chronicles 4:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे, “परमेश्वर, मलाई आशिष् दिनुहोस् र धेरै इलाका दिनुहोस्। मसित रहनुहोस् र मलाई पिराउने खराबीबाट बचाउनुहोस्।” अनि परमेश्वरले उनको बिन्तीअनुसार उनलाई दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्वरलाई पुकारा गरे, “बिन्ती छ, मलाई आशिष् दिएर ठूलो इलाका दिनुहोस्! तपाईंको हात ममाथि रहोस्, र मलाई जोखिमबाट जोगाएर राख्नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस्।” अनि परमेश्वरले तिनको बिन्ती सुन्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याबेसले इस्राएलका परमेश्वरलाई पुकार गरे, “हे प्रभु, तपाईंले मलाई आशिष् दिएर मेरो इलाका बढाइदिनुहोस्! तपाईंको हात ममाथि रहोस्; अनि मलाई हानिबाट बचाउनुहोस्, ताकि म पीडाबाट मुक्त हुन सकूँ।” परमेश्वरले तिनको बिन्ती सुन्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे र भने, “म चाहन्छु कि तपाईंले मलाई साँच्चै आशीर्वाद दिनुहुनेछ। म चाहन्छु तपाईंले मलाई अधिक भूमि दिनुहुनेछ। मेरो नजिक रहनु होस् अनि मलाई चोट पुर्याउन कसैलाई पनि नदिनुहोस। तब मलाई कुनै पीडा हुने छैन।” अनि परमेश्वरले याबेशलाई त्यही दिनु भयो जो तिनले मागेका थिए।