1 Chronicles 4:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[17-18] एज्रहका चार छोरा थिए— येतेर, मेरेद, एपेर र यालोन। मेरेदले मिश्रका राजाकी छोरी बित्याहलाई विवाह गरे। उनका एक छोरी मिरियम र दुई छोरा शम्मै र यिश्बह जन्मे। यिश्बहले एश्तमो सहर बसाले। मेरेदले यहूदा कुलबाट पनि एउटी स्त्रीलाई विवाह गरे र तिनीबाट तीन छोरा जन्मे— गदोर सहर बसाल्ने येरेद, सोखो सहर बसाल्ने हेबेर र जानोह सहर बसाल्ने यकूतीएल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एज्रहका छोराहरू: येतेर, मेरेद, एपेर, यालोन। मेरेदले विवाह गरेका फारोकी छोरी बित्याहले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एज्राहका छोराहरू: येतेर, मेरेद, एपेर र यालोन। मेरेदका पत्नीहरूमध्ये एक जनाले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन्।
Nepali ERV (पवित्र बाइबल)
मेरेदकी पत्नी नहमकी बहिनी थिइन्। मेरेदको पत्नी यहूदाकी थिइन्। मेरेदको पत्नीका छोराहरू कीला र एश्तमोका पिता थिए। कीला गेरेमी मानिसहरूबाट थिए। अनि एश्तमो माकाती मानिसहरूबाट थिए।