1 Chronicles 4:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साथै छेउ-छाउका गाउँ बस्तीहरूमा, दक्षिण-पश्चिममा भएको बालात सहरसम्मै बास गर्थे। तिनीहरूले वंशावलीको सूची र तिनीहरू बसेका ठाउँ यसरी लेखिराखेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र बालातसम्मै यी नगरहरूका वरिपरि तिनीहरूका बस्तीहरू थिए। तिनीहरूका बसेका ठाउँहरू यी नै थिए। अनि तिनीहरूले वंशावलीको एउटा सूची पनि राखेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र ती नगरहरू वरिपरिका गाउँहरू बालातसम्मै थिए। तिनीहरूका बस्ने ठाउँहरू यिनै थिए। तिनीहरूले वंशावलीको विवरण पनि राखे।
Nepali ERV (पवित्र बाइबल)
शिमोन परिवार समूहबाट पाँच सय मानिसहरू सेइरको पहाडी देशमा गए। यिशीका छोराहरूले तिनीहरूको अगुवाइ गरे। ती छोराहरू पलत्याह, नार्याह, रपायाह अनि उज्जीएल थिए। शिमोनी जातिका मानिसहरू त्यस स्थानमा बस्ने मानिसहरूसित लडे।