1 Chronicles 5:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबको जेठो छोरो रूबेनका सन्तान यी हुन्। (उनी आफ्ना बुबाका रखौटीहरूमध्ये एउटीसित सुतेका हुनाले उनले ज्येष्ठ अधिकार गुमाए र ती अधिकार योसेफलाई दिइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका छोराहरूमध्ये सबैभन्दा जेठा रूबेनका छोराहरू (वास्तवमा तिनी पहिले जन्मेका छोरा थिए, तर तिनले आफ्ना पिताको एउटी उपपत्नीलाई व्यभिचार गरेको कारण ज्येष्ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, र तिनीचाहिँ सूचीमा जेठा छोरा गनिन सकिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका जेठा छोरा रूबेन थिए, (तिनी जेठो छोरा भए तापनि तिनले आफ्ना पिताकी उपपत्नीसँग शारीरिक सम्बन्ध राखेर आफ्ना पिताको वैवाहिक ओछ्यानलाई अशुद्ध पारिदिएका हुनाले तिनको जेष्ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो। यसकारण तिनलाई वंशावलीको सूचीमा जेठो छोरा गनिएको छैन।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका जेठा छोरा रूबेन थिए। रूबेनले जेठो छोराले पाउनु पर्ने विशेष सुविधाहरू, पाउनु पर्ने थियो तर रूबेनले आफ्ना पिताको उपपत्नीसित शारीरिक सम्बन्ध राखे। यसर्थ ती विशेष सुविधाहरू यूसुफका छोराहरूलाई दिइयो। परिवारिक इतिहासमा रूबेनको नाउँ जेठा छोराको रूपमा लेखिएको छैन। यहूदा आफ्ना भाइहरू भन्दा अधिक बलवान भए यसर्थ तिनका परिवारबाट प्रधानहरू आए। तर यूसुफका परिवारले अन्य सुविधाहरू पाए जो सबै भन्दा जेठा छोराले पाउँथे। रूबेनका छोराहरू हनोक, पल्लू, हेस्रोन अनि कर्मी थिए।