1 Chronicles 5:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूबेन, गाद र पूर्व-मनश्शेका कुलमा ढाल, तरवार र धनु-काँड चलाउन राम्रो तालिम पाएका ४४,७६० सिपाहीहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुल— तिनीहरूका ढाल र तरवारले सुसज्जित भएका लड़ाकू मानिसहरू, धनुर्धारी र लड़ाइँको निम्ति तालीम पाएका सिपाहीहरू चवालीस हजार सात सय साठी जना थिए। यिनीहरू लड़ाइँको निम्ति तयार थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलसित युद्धका निम्ति तयार रहेका 44,760 तालिम प्राप्त मानिसहरू थिए, जो ढाल र तरवार चलाउन सक्ने, धनु चलाउन सक्ने, र युद्धका निम्ति निपुण योद्धाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
मनश्शे कुल समूहका आधा कुल अनि रूबेन र गादका कुल समूहहरूसित 44,760 साहसी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू युद्धमा निपूर्ण थिए। तिनीहरूले ढाल अनि तरवारहरू बोक्थे अनि तिनीहरू धनु काँड चलाउन पनि सिपालु थिए।